हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ। सम्झौतामा बैकंका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकले केन्द्रीय कार्यालय तथा देशभर रहेका सबै शाखा कार्यालयहरु मार्फत लुम्बिनी इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन विमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ।