बीमा तालिम केन्द्र संचालनमा आयो, बीमा व्यवसायमा संलग्न जनशक्तिलाई दक्ष बनाउने उदेश्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 22, 2018 | 07:57:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले बीमा व्यवसायमा संलग्न जनशक्तिलाई दक्ष बनाउने उदेश्यले बीमा तालिम केन्द्र संचालनमा ल्याएको छ। बीमा व्यवसाय गर्ने बिमक, पुनर्बिमक तथा बीमा नियमन निकाय बिमा समितिको संयुक्त लगानीमा उक्त तालिम केन्द्र संचालनमा ल्याएको हो। 

३९ बिमा कम्पनीले समान २-२ लाख र बिमा समितिले २२ लाख गरि एक करोड चुक्ता पुंजीमा बीमा तालिम केन्द्रको स्थापना गरिएको उद्घाटन समारोहमा केन्द्रका प्रस्तावित प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले जानकारी दिए।  

उक्त तालिम केन्द्रको उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई पुरा गर्ने उदेश्य पुरा हुने बिश्वास व्यक्त गरे। बीमा व्यवसाय गर्ने बिमक, पुनर्बिमक तथा बीमा नियमन निकायका कर्मचारी र बीमामा संलग्न बीमा अभिकर्ता, सर्भेयरहरुलाई व्यवस्थित रुपले तालिम प्रदान गर्ने तथा सक्षम व्यवसायिक तुल्याउन बीमा शिक्षा सम्बन्धि प्रतिष्ठान खुल्नु पर्ने लामो समयदेखिको योजना पुरा भएको अध्यक्ष चापागाईले बताए। 

केन्द्रका प्रस्तावित अध्यक्षमा बीमा समितिका निर्देशक राजुरमण पौडेलले केन्द्रले तालिम संचालन गर्ने गरि आज देखि नै बीमा समितिका नबनियुक्त २२ जना कर्मचारीहरुले केन्द्रबाट १८ दिने तालिम लिने जानकारी दिए। उक्त केन्द्र हाल बीमा समितिको कार्यालय परिसरमा नै राखिएको छ। 

तालिम केन्द्रले नियमित रुपमा बीमा तालिमका विभिन्न कार्यक्रमहरु संचालन गर्ने छ भने नेपालमा नै बीमामा व्यवसायिक योग्यताको लागि आवश्यक पठनपाठन कार्यक्रमहरु तर्जुमा गरि कार्यन्वयन गर्नेछ। 

तालिम केन्द्र संचालनमा आएसंगै बिमा क्षेत्रमा कर्मचारी तानातानको अश्वस्थ प्रतिस्पर्धा समेत कम हुँदै जाने अपेक्षा गरिएको छ। बीमा समितिमा अध्यक्ष भएलगत्तै चापागाईले १२ वटा नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिएका थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved