एनआइसी एसिया र युनाइटेड इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता, बैंकका सबै शाखा मार्फत बिमा सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 29, 2018 | 04:40:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले युनाईटेड इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएका २३३ वटै शाखाहरुबाट सहज रुपमा युनाईटेड इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन्।

बैंकका मुलुकभर २३३ शाखा कार्यालयहरु, २२१ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा छ। बैंकको वासलातको आकार १७५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब पुगेको छ।

कुल कर्जाका आधारमा करिब ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा एनआइसीले आफ्नो पहिचान बनाउन सफल भएको छ। ग्राहकको संख्या करिब ११ लाख ७५ हजार पुगेको बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved