सानिमा जनरल इन्स्योरेन्सले नारायणगढ शाखा संचालनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2018 | 06:02:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्सले नारायणगढ शाखा कार्यालय विधिवतरुपमा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन वीमा समितिका अध्यक्ष चिरिनिजीबी नेपालले गरे। 

कम्पनीले चालु आर्थिक बर्षमा थप २० वटा शाखा कार्यालय लक्ष्य लिएको छ। शाखा उद्घाटन अवसरमा कम्पनीका संचालक खेम राज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोध लाल श्रेष्ठ तथा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजु रमण पौडेल लगायतको उपस्तिथी थियो। 

सबै प्रकारका निर्जिवन बीमा, मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहुँच  पुर्याउने उदेश्यका साथ यस शाखा कार्यालयको स्थापना गरिएको जनाइएको छ।  

यस अवधिमा कम्पनीको चुक्ता पुंजी ७० करोड छ। कम्पनीले आगामी आर्थिक बर्षभित्र ३० करोड रुपैयाँ बराबरको साधारण सेयर जारि गरि चुक्ता पुंजी १ अर्ब पुर्याउने लक्ष्य लिएको छ।  





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved