६ लाख सञ्चयकर्तालाई १० लाखको स्वास्थ्य बिमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 14, 2018 | 04:34:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोषले सबै सञ्चयकर्ताको स्वास्थ्य बिमा गरिदिने भएको छ । आगामी मंसिर १ गतेदेखि लागू हुने गरी कोषले ६ लाखभन्दा बढी सञ्चयकर्ताको कूल ११ लाखको बिमा गर्ने भएको हो । 

कोषले जटिल रोगको उपचारका लागि १० लाख र सामान्य उपचारको लागि १ लाख रुपैयाँको स्वास्थ्य बिमा गर्ने लागेको हो । स्वास्थ्य बिमा योगदानमा आधारित नभइ सबै सञ्चयकर्ताको एकमुष्ठ भएको कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए । 

सञ्चयकर्ता बिरामी भई अस्पताल भर्ना भएर उपचार गर्दा १ लाख रुपैयाँ र सरकारले जटिल रोग भनि तोकेका ९ प्रकारका रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च बिमा वापत पाउनेछन् । कोषले सञ्चयकर्ताको स्वास्थ्य बिमाको लागि वार्षिक ३० करोड खर्च गर्ने भएको छ । 

कोषले २०७३ देखि नै स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने तयारी थालेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved