अजोड इन्स्योरेन्स र कुमारी बैंकबीच बीमा व्यावसाय विस्तार गर्ने सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुखकार्यकारी अधिकृत कुमार बहादुर खत्री र बैंकका तर्फबाट सिनियर नायव प्रमुखकार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाले हस्ताक्षर गरे ।
सम्झौता पछि बैंकका ग्राहकले अजोड इन्स्योरेन्सले दिने निर्जीवन बीमा सम्वन्धी सेवा बैंकका सबै शाखाबाट प्राप्त गर्ने जनाईएको छ ।