अजोड इन्स्योरेन्सका ग्राहकलाई बयोधा हस्पिटलमा नगद रहित उपचार सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 08:54:06 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रभी चौधरीले हस्ताक्षर गरेका हुन । 

सम्झौता अनुसार अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन । अजोड इन्स्योरेन्स लिमिटेडले स्वास्थ बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमा बारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उतm सम्झौता गरेको जनाएको छ ।

यस अधि ब्लुक्रस हस्पिटल, मेडिसिटि अस्पताल लगायतसंग उक्त सम्झौता भइसकेको र बांकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved