चुक्तापुंजी बढाउन बीमा कम्पनीलाई समय थप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 11:52:44 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुलाई तोकिएको चुक्ता पुंजी पुर्याउने अवधी थप हुने भएको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा कम्पनीहरुको लागि पुँजी वृद्धिको समयावधि बढाउन लागिएको बताए। 

'वित्त बजारमा लगानी योग्य पुँजी कम छ, नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गर्न कम्पनीहरुको एक्चुरी र वार्षिक साधारणसभा समेत ढिला हुने देखिन्छ' अध्यक्ष चापागाईले भने, 'त्यसैले ६ महिना समय थप्न लागेका हौँ।' 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को प्रतिनिधिमण्डलसँग कुरा गर्दै अध्यक्ष चापागाईले पुँजी वृद्धिको समय सीमा २०७६ असार मसान्तसम्म हुने बताएका हुन। उक्त अवधिसम्ममा जीबन बीमाले २ अर्ब र निर्जिबन बीमा कम्पनीले १ अर्ब चुक्ता पुंजी पुर्याउनुपर्नेछ। हाल कायम व्यवस्था अनुसार पुँजी वृद्धिको समयसीमा २०७५ असार मसान्तसम्म तोकिएको छ। विशेष अवस्थामा कम्पनीहरुले ३/३ महिना गरी बढीमा छ महिना समय थप्न पाउने व्यवस्था छ।

जतिबेला पुँजी बृद्धि गर्न बीमा समितिले निर्देशन दिएकाे थियाे त्यतिबेला तरलता संकट नभएकाे तर अहिले तरलता संकट भएकाले लगानीकर्ताले पुँजी जुटाउन गाह्राे भएकाे उनको भनाइ छ। सराेकार निकायहरूसँग छलफल गरेर पुँजी वृद्धिकाे समय थप्ने तयारी भएकाे  र केही दिनभित्रै पुँजी वृद्धि बारे नयाँ निर्देशन जारी हुने समेत उनले बताए ।   

संचालनमा रहेका बीमा कम्पनीहरु मध्ये हालसम्म नेपाल लाइफ, नेशनल लाइफ, शिखर इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स कम्पनी लगायत केहिले मात्रै तोकिएको चुक्ता पुँजी पुर्याएका छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved