कोषका ६ लाख संचयकर्ताको पुनर्बिमा अब नेपालमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2018 | 11:19:38 PM मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनी Rastriya Beema Company Limited ले जारि गरेको संचय कोषका संचयकर्ताहरुको बीमालेखको पचाश प्रतिशतको पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनी @Nepalले गर्ने भएको छ। यस सम्बन्धि सम्झौतामा बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीर विक्रम रायमाझी र पुनर्बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरे। 

सम्झौता अनुसार आरबिसीले कर्मचारी संचय कोषका संचयकर्ताहरुको औषधोपचार तथा घातक रोको उपचारको लागि जारि गरेको बीमा लेखको ५० प्रतिशत पुनर्बिमा पुनर्बिमा कम्पनीले गर्नेछ।

सम्झौता पश्चात कम्पनीले जारी गरेको कर्मचारी संचय कोषका ६ लाख संचयकर्ताहरुको वार्षिक १ लाख रुपैयासम्मको औषधोपचार र १० लाख रुपैयासम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा ब्यवस्था स्वदेशमा नै भएको छ।          

आरबिसी र नेपाल पुनर्बिमा कम्पनीबीच भएको ५०५ पुनर्बीमा सम्झौता अनुसार बीमा शुल्क तथा बीमा दाबीमा दुबै कम्पनीको समान सहभागिता हुने भएको छ ।   


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved