रमेश भट्टराई महालक्ष्मी लाइफको प्रमुख कार्यकारी नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 05:33:22 PM मा प्रकाशित

महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेश भट्टराई नियुक्त भएका छन। कम्पनीको संचालक समितिको निर्णय तथा बीमा समितिको स्वीकृति पश्चात महालक्ष्मीले भट्टराईलाई सीईयोमा नियुक्त गरेको हो। 

पुष १७, २०७५ देखि लागू हुने गरि भट्टराईलाई ४ बर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए। 

वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका भट्टराईसंग बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ। उनले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंकमा २२ वर्ष भन्दा बढी अवधि कार्य गरिसकेका छन। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved