
 2mb (1).gif)
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ प्रकारका घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ। घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले ल्याइएको यो योजना बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा लागू हुने कम्पनीले जनाएको छ।
यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु रहेको कम्पनीको भनाई छ। यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग वीमा सम्बन्धि सम्झौता गरेका बैंकहरुबाट समेत लिन सकिने छ।
कम्पनीले अधिकृत पुंजीको ३० प्रतिशतका दरले ६४ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई साधारण सेयर जारि गर्ने प्रकृयामा छ। कम्पनीले चालू आर्थिक बर्षको मंसिरसम्म प्रथम बीमा शुल्क रकमबाट ७६ करोड ९५ लाख ६८ हजार ४२२ आर्जन गरेको छ। कम्पनीले हालसम्म १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ।