
 2mb (1).gif)
नबिल बैंक र अजोड इन्स्योरेन्सबीच सेवाग्राहीलाई बीमा सम्बन्धि सेवा दिनेसम्बन्धी समझदारी भएको छ। यससम्बन्धि सम्झौताबाट बैंकका तर्फबाट रिटेल व्यावसाय प्रमुख निरज शर्मा र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक महेश राज खरेलले हस्ताक्षर गरे।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा नबिल बैंकका सबै शाखाबाट लिन सकिने छ ।