कामना सेवा विकास बैंक र सन नेपाल लाइफबीच बीमा सेवा सम्बन्धि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 11:50:23 PM मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच बिमा सेवा सम्बन्धि सम्झौता भएको छ। यससम्बन्धि सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंकका सम्पूर्ण शाखा कार्यालयबाट सन नेपाल लाइफको बीमा सम्बन्धि सेवा उपलब्घ हुनेछ। साथै बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी गर्न सक्नेछन।    



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved