गरिमा विकास बैंकबाट महालक्ष्मी लाईफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 01:52:29 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited बाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि गरिमाका सबै शाखाबाट महालक्ष्मी लाईफको बीमा पोलिसी खरिद गर्न सकिने भएको हो । 

सम्झौतामा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । 

गरिमा विकास बैंकले ७६ शाखा र ३३ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved