प्रभु लाइफको सीईओमा नियुक्तिबारे के भन्छन नारायण पौडेल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 08:16:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकास पाएको हप्ता दिन नबित्दै नारायण पौडेल प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको बजार चर्चा छ। 

तर सल्लाह पहिलेदेखि नै भएपनि टुंगो नलागेको पौडेलले बताएका छन। 'नियुक्तिको प्रकृया अघि बढेको कुरा साँचो हो तर टुंगो भने लागेको छैन' पौडेलले बिजपाटीसंगको कुराकानीमा बताए। प्रभु लाइफको सञ्चालक समितिले पौडेललाई नियुक्ति गरेर अनुमतिका लागि बीमा समितिमा पठाइसकेको बताइएको छ।  

पौडेलले यही जेठ २६ गते मात्रै राष्ट्र बैंकको नियमन विभागको कार्यकारी निर्देशक पदबाट ३० वर्षे सेवा अवधिका कारण अवकास पाईसकेका छन। उनि राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख तथा प्रवक्ता थिए। 

बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्न बनेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको व्यवस्था अनुसार कार्यकारी निर्देशकलाई राष्ट्र बैंकबाट अवकास पाएको ३ वर्षसम्म सरकारी लगानीको बाहेक निजी बैंक तथा वित्तीय संस्थामा जान रोक छ। 

यद्दपी बाफियाको दफा १०६ को ‘क’ मा भएको व्यवस्था बीमा कम्पनीमा भने आकर्षित नहुने भएकाले पौडेलले प्रभु लाइफ रोजेको हुन सक्ने विश्लेषण गरिएको छ। प्रभु लाइफ इन्स्योरेन्स संचालनमा आएदेखि नै निमित्तको भरमा चलेको छ। पौडेलले नियुक्ति पाए भने उनिनै प्रभु लाइफको पहिलो कार्यकारी सीईओ बन्ने छन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved