मेगा बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले प्राइम लाइफले प्रदान गर्ने जीवन बीमा सम्वन्धी बिमा गर्ने, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सम्पूर्ण सेवा तथा सुविधाहरु बैंकका शाखाबाट लिन सक्नेछन् । बैंकका देशभरका १ सय २ शाखाबाट प्राइम लाइफ लाइफको बिमा सेवा लिन सकिन्छ ।