यूनियन लाइफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय बबरमहलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 05:00:07 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनियन लाइफ इन्स्योरेन्सले प्रदेश नं. ३ अन्तर्गतको प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । संघिय संरचना अनुसार कम्पनिले प्रदेश नं. ३ को प्रादेशिक कार्यालय काठमाण्डौंको बबरमहलमा स्थापना गरेको हो ।

बिहिबारदेखि संचालनमा ल्याइएको उक्त कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने ब्यवस्था गरिएको छ ।  

उद्घाटन कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले यूनियन लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा उल्लेख्य योगदान गर्न शुभकामना दिएका छन् । 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले कम्पनीले हरेक त्रैमासिक अवधिमा इतिहास रच्दै आएको उल्लेख गर्दै आ.व. २०७५।७६ को जेष्ठ मसान्त सम्म कम्पनीले १ अर्ब ९२ करोड प्रथम बीमा शुल्क संकलन गरेको बताए । 

कम्पनीका देश भर १५६ शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा रहेको छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved