सिटिजन लाईफ इन्स्योरेन्सको ७० प्रतिशतसम्म बोनस दर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 01:20:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाईफ इन्एसयोरेन्सले गत आर्थिक वर्षको बोनस दर सार्वजनीक गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै पोलिसि होल्डरलाई न्युनतम प्रतिहजार ३५ प्रतिशत देखि ७० प्रतिशत सम्मको बोनस दर सार्वजनीक गरेको छ । 

कम्पनीले हाल विक्रि गरिरहेको ३ वटा बीमालेखको लागि बोनस दर सार्वजनीक गरेको छ । अग्रीम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ३५ देखि अधिकतम ५५ सम्म बोनस दर रहेको जनाएको छ । सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ३५ देखि अधिकतम ६५ सम्म बोनस दर र सावधिक जीवन बीमा लेखमा न्युनतम ३५ देखि अधिकतम ७० प्रतिशत सम्म बोनस दर रहेको छ । 

सावधिक जिवन बीमालेखको ३० वर्ष भन्दा माथिको पोलिसि होल्डरले मात्र ७० प्रतिशत बोनस पाउँनेछन् । नयाँ जीवन बीमा कम्नीको रुपमा इन्स्योरेन्सले गत आर्थिक वर्षबाट बीमा कारोबार सुरु गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved