ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन् । इन्स्योरेन्स र एयरबीच भएको सम्झौता अनुसार इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा विशेष छुट पाउने भएका हुन् ।
यसको लागी विशेष कार्ड जारी गरिने र उक्त कार्ड हुनेहरुले काउन्टरबाट टिकट काट्दा छुट पाउने इन्स्योरेन्सले जनाएको छ ।
सम्झौतामा इन्स्योरेन्सको तर्फबाट कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र बुद्ध एयरका तर्फबाट विक्रि तथा बजारीकरण विभागका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।