सानिमा लाइफको ६० करोडको आइपीओ पाइपलाइनमा, बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 10:15:56 PM मा प्रकाशित

सानिमा लाइफ इन्स्योरेन्स Sanima life Insurance ले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्नको लागि प्रभु क्यापिटल लिमिटेड Prabhu Capital Limited  लाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

यस सम्बन्धि सम्झौतामा सानिमा लाइफको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद पाठकले हस्ताक्षर गरेका छन।

संझौताअनुसार सानिमा लाईफले सर्वसाधारणको लागी जारी गर्ने ६० करोड रकम बराबरको शेयर सार्वजनिक निष्काशन सम्वन्धि सम्पुर्ण कार्य बिक्रि प्रबन्धकको रुपमा प्रभु क्यापीटलले गर्नेछ । 

इन्स्योरेन्सले ६० करोड रुपैयाँको आइपीओ जारी गर्नको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुग्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved