आइएमई इन्स्योरेन्सको लाभासं पारित, मर्जरको अख्तियारी संचालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 03:38:07 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्सले २१औं बार्षिक साधारण सम्पन्न गरेको छ । इन्स्योरेन्सले आईतबार लैनचौर बैङ्क्वेट्समा साधारण सभा सम्पन्न गरेको हो । 

साधारण सभाबाट कम्पनीले आफनो शेयरधनीलाई चुक्ता पूंजीको ५ प्रतिशतले बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएपछि कम्पनीको चुक्त पूंजी १ अरब २ करोड ६ लाख पुगेको छ ।

साधारण सभाले नियमाक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका जारी गरेकोले कम्पनीको दायरा तथा क्षमता वृद्धि गर्ने हेतुले सभामा पेश गरिएको गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गरेको छ । 

साधारण सभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ बर्षमा संस्थाले नयाँ नयाँ बीमालेख लगायत सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहकलाई सहज सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

कम्पनीले गत आ.ब.मा १ अर्ब ७७ लाख बीमा शुल्क आर्जन गरि १५ करोड ९८ लाख खुद नाफा आर्जन गर्न सफल भएकोमा चालु आ.ब.को हालसम्म गरिब १ अर्ब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको संस्थाले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved