धादिङका भूकम्प पीडितलाई सहुलियत ऋण सम्बन्धि तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 03:25:10 PM मा प्रकाशित

युके एडको सक्षम-एक्सेस टु फाइन्यान्स कार्यक्रमले भूकम्पबाट प्रभावित लाभग्राहीलाई प्रदान गरिने सहुलियत दरको ऋणको बारेमा जनचेतना कार्यक्रम आयोजना गरेको छ। धादिङको  फरक फरक ठाउँमा गरिएको कार्यक्रम असार ३१ देखि श्रावण २ सम्म चलेको थियो ।

धादिङको ज्वालामुखी गाउँपालिका, नीलकण्ठ नगरपालिका तथा धुनवेशी नगरपालिकामा भएको कार्यक्रमहरूमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वैदेशिक सहायता संयोजन शाखाका प्रमुख दिव्य राज पोखरेल तथा प्राधिकरणकै बैंकिङ संयोजन विशेषज्ञ नमिता पौडेल दुवैको सहभागिता रहेको थियो ।   

सहुलियत ऋणका विविध पक्षका बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पोखरेल तथा पौडेलले संयुक्तरूपमा प्रस्तुति गरेका थिए । सक्षम एक्सेस टु फाइनान्सले सहुलियत ऋणको प्रक्रिया, त्यसको लागि आवश्यक पर्ने विभिन्न कागजातहरू लगायतका बारेमा व्याख्या  गरिएका पर्चाहरू जारी गरेको थियो । 

कार्यक्रममा आवास पुनर्निर्माण आयोजनाका प्रमुख विभु प्रसाद अर्यालले भूकम्प प्रभावित लाभग्राहीलाई सहुलियत ऋण तथा वित्तीय साक्षरताको महत्वको बारेमा प्रष्ट पारेका थिए ।  

उक्त कार्यक्रममा सम्बन्धित गाउँरनगरपालिकाका विभिन्न वडा अध्यक्षहरू, उक्त क्षेत्रमा रहेका विभिन्न बैंकका शाखा प्रमुखहरू तथा लाभग्राहीको सहभागिता रहेको आयोजकले जनाएको छ  । 

युके एडको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम सक्षम-एक्सेस टु फाइन्यान्स नेपाल तथा संयुक्त अधिराज्यका सरकारबीच भएको  सम्झौता बमोजिम कार्यान्वयन भैरहेको छ । यस कार्यक्रमको कार्यान्वयन लुइस बर्जरले स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा गरिरहेको छ ।

  

 

 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved