शिखर इन्स्योरेन्सले हकप्रद बिक्रि गर्ने, मर्जरको बाटो पनि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 06:44:36 AM मा प्रकाशित

लाभांश नदिने निर्णय गरेको शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited ले लगानीकर्तालाई हकप्रद वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हकप्रद प्रस्ताव पारित गर्न साउन २८ गते साधारणसभा आह्वान गरेको छ । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद निष्काशन प्रस्ताव लैजाने भएको हो 

त्यस्तै सभाले संचालकको निर्वाचन गर्ने छ भने गाभ्ने गाभिने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने छ । त्यस्तै सभाले बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षणको विवरण पारित गर्ने, प्रबन्धप्रता नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव सभामा पेश हुनेछन् 

सभा प्रयोजनको लागि कम्पनीले साउन १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved