प्रुडेन्शियल इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 06:11:05 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्स्योरेन्सले साधारणसभा डाकेको छ  । कम्पनीले भदौ १ गते आइतबार बिरगंजको दियालो लर्ड्स प्लाजामा हुने गरि साधारणसभा डाकेको हो  

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ  । यस हिसाबमा साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्  । एनएफआरएस बमोजिम जगेडा कोष तथा अन्य ब्यबस्था कायम गर्नु पर्ने भन्दै कम्पनीले लाभांश प्रस्ताव गरेको छैन  

साधारणसभामा वित्तीय विवरण पारित गर्ने, लेखा परिक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, र संचालकको निर्वाचन गर्ने लगायतका एजेण्डा छन्  

  हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड १५ लाख २० हजार रहेको छ । कम्पनीले विशेष साधारणसभा बाट ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको छ  । हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved