महालक्ष्मी लाइफको शाखा सम्मेलन सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 04:45:10 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लार्इफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन यहि श्रावण १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ । STRATEGIC BUSINESS MEET 2019 को कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरे । सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेको थियो ।  

२ दिन संचालित उक्त सम्मेलनको पहिलो दिन आ।व। २०७६।७७ को लक्ष्य, रणनिति र कार्यक्रम बारेमा छलफल भएको थियो । दोस्रो दिन सम्पुर्ण शाखा र उपशाखा प्रमुखलार्इ लेखा, अण्डररार्इटिङ्ग, एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो । कार्यक्रमको अन्तमा संचालक सुरेश सापकोटाबाट लक्ष्य पुरा गर्नेलार्इ नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलार्इ सम्मान गरिएको थियो। 

२०७५ माघ २७ बाट संचालन भएको महालक्ष्मी लार्इफले ४ महिनाको छोटो अवधिमा ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको छ । कम्पनीले ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved