बजारमा आक्रामक बन्दै महालक्ष्मी लाईफ, अर्ब बढी बीमा शुल्क संकलनको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 03:57:53 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७६/०७७ मा आक्रामक रुपमा व्यवसाय विस्तारको रणनीति लिएको छ । कम्पनीले चालु वर्षमा थप ५० वटा शाखार उपशाखा सञ्चालनमा ल्याउने र १ अर्ब भन्दा वढी बीमा शुल्क संकलन गर्ने लक्ष्य राखेको छ । 

गत असार मसान्तसम्ममा कम्पनीले ४७ वटा शाखार उपशाखा मार्फत २५ करोड भन्दा वढी बीमा शुल्क संकलन गरेको छ । 

कम्पनीले चितवनको सौराहामा आयोजना गरेको दुई दिने राष्ट्रिय अभिकर्ता सम्मान कार्यक्रम सकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेको कार्यक्रममा कम्पनीले तोकेको व्यवसायिक लक्ष्य पुरा गरेका देशभरिका ११५ जना अभिकर्ता र एजेन्सी मेनेजरहरु सहभागी थिए । 

व्यक्तिगत अभिकर्ता र एजेन्सी मेनेजरहरुमध्ये उत्कृष्ट १५/१५ जनालाई कम्पनीले सम्मान गरेको छ । सहभागीलाई नेतृत्व विकास र व्यवसाय वृद्धि सम्बन्धि तालिम पनि प्रदान गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved