आर्थिक वर्ष सकिएसँगै जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिरहेका छन्। संचालनमा रहेका १९ मध्ये करिब एकै समयमा संचालनमा आएका प्राइम लाइफ, एसियन लाइफ, सूर्या लाइफ र गुराँस लाइफले गत आर्थिक बर्षको प्रगति विवरण सार्वजनिक गरेकाछन।
चुक्ता पुँजी
४ वटै बीमा कम्पनीले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । ४ वटा कम्पनीमा सबैभन्दा धेरै चुक्तापुँजी एशियन लाइफ छ। आर्थिक वर्ष २०७४÷०७५ को मुनााफाबाट बोनस घोषणा गर्न बाँकी रहेको एशियन लाइफको चुक्ता पुँजी २ अर्ब १ करोड रहेको छ।
त्यस्तै आर्थिक वर्ष २०७३÷०७४ र २०७४÷०७५ को बोनस घोषण नगरेको प्राइम लाइफको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ, सुर्या लाइफको १ अर्ब २५ करोड र गुराँस लाइफको १ अर्ब २ करोड रहेको छ ।
जगेडा कोष
दुई आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी रहेको प्राइम लाइफको जगेडा कोष सबैभन्दा बलियो रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४÷०७५को तुलनमा जगेडा कोषमा २९.२८ प्रतिशतले वृद्धि गर्दै १ अर्ब २४ करोड पुर्याएको छ । सुर्या लाइफले जगेडा कोषलाई ४९ प्रतिशत बढाउँदै ४१ करोड २ लाख पुर्याउँदा एशियन लाइफले २८.६४ प्रतिशतले बढाएर ३२ करोड १५ लाख र गुराँस लाइफले २२.३४ प्रतिशतले बढाएर २७ करोड ९३ लाख रुपैयाँ पुयाएको छ ।
जीवन बीमा कोष
जीवन बीमा कम्पनीहरुको प्रमुख सुचकको रुपमा जीवन बीमा कोषलाई लिइन्छ। गत असार मसान्तसम्मको तथ्याङक हेर्दा ४ मध्ये एशियन लाइफ धेरै अगाडी देखिन्छ । दोस्रो स्थानमा रहेको प्राइम लाइफ भन्दा एशियनको बीमा कोषको आकार करिब दोब्बर छ । एशिएन लाइफले गत आर्थिक वर्षमा जीवन बीमा कोष २९.६२ प्रतिशतले बढाउँदै १७ खर्ब १ अर्ब पुर्याएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको प्राइम लाइफले ३६.१७ प्रतिशतले बढाउँदै ८ अर्ब ९० करोड पुर्याएको छ । सुरुका वर्षहरुमा म्यादी बीमालाई फोकस गर्दा प्राइम लाइफले बीमाकोष बढाउन सकेको थिएन तर पछिल्लो बर्षहरुमा प्राइमकाो बीमाकोष वृद्धिदर राम्रो छ।
सुर्या लाइफ र गुराँस लाइफको भने बीमाकोषको अवस्था उस्तै रहेको छ । विगतका वर्षमहरुमा म्यादी बीमालाई प्राथमीकतमाा राख्दा दुबै कम्पनीले विमाकोष बढाउन नसके पनि गत आर्थिक वर्षमा भने दुबै कम्पनीले बीमाकोमा राम्रो सुधार गरेको देखिन्छ । सुर्या लाइफले ४६.६९ प्रतिशतले बीमाकोष बढाउँदै ५ अर्ब २५ करोड पुर्याएको छ भने गुराँस लाइफले बीमाकोष ३७.५८ प्रतिशतले बढाउँदै ५ अर्ब ८२ करोड बनाएको छ ।
खुद बीमाशुल्क आर्जन
गत आर्थिक वर्षमा खुद बीमाशुक आर्जनमा पनि एशियन लाइफ नै अग्र स्थानमा छ। एशियन लाइफले अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.६१ प्रतिशतले बढाउँदै गत आर्थिक वर्षमा ४ अर्ब २१ करोड खुद बीमाशुल्क आर्जन गरेको छ । यस्तै प्राइम लाइफले २९.६ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ८६ करोड, सुर्या लाइफले ४९.४९ प्रतिशले वृद्धि गर्दै २ अर्ब ४८ करोड र गुराँस लाइफले ३०.६४ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ८९ करोड बीमाशुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरुको ब्यवसाय विस्तारको अवस्था कस्तो रहेको छ भनेर खुद बीमाशुल्क आर्जनले नै बताउँछ ।
बीमालेख संख्या
प्राइम लाइफको बीमालेख संख्या घट्दा अन्य ३ कम्पनीको भने बढेको छ । बीमा समितिले गत माघ १ गते बाट बैदेशिक रोजगार म्यादी बीमालाई पुलमार्फत सञ्चालन गरेको छ । म्यादी बीमालाई पुलमार्फत सञ्चालन गरेकोले केही कम्पनीले कायम रहेको बीमालेखमा म्यादी बीमालाई समावेश गरेका छैनन, त्यसैले अन्य सुचकमा प्रगतिको बावजुत पनि प्राइमको बीमालेख संख्या भने घट्न पुगेको हो । उक्त अवधिमा एशियन लाइफको सबैभन्दा बढी २८ प्रतिशतले बीमालेखको संख्या बढेको छ । यस्तै सुर्या लाइफको १० प्रतिशतले र गुँरस लाइफको १ प्रतिशतले बढ्दा प्राइम लाइफका्े ३९ प्रथिशतले घटेको हो ।
खुद मुनाफा
अल्पकालिन प्रकृतिको म्यादी बीमालेख र बीमालेख धितो लगायतबाट प्राप्त आम्दानीलाई बीमा कम्पनीहरुको बीमाङकीयम मुल्याङकन पुर्व नै विभिन्न खर्चहरु कटाएर मुनाफाको रुपमा देखाउने गर्दाछन । तर बीमा कम्पनीको वास्तवीक मुनाफा भने विमाङकीय मुल्याङकन पश्चात् मात्र आउने गर्दछ । त्यसैले बीमा कम्पनीले अपरिस्कृत रुपमा प्रकाशित मुनाफालाई अन्तीम मुनाफा मान् सकिदैन । बीमा कमपनीको बीमाकोष जति भेरैे हुसन्छ । बीमाङकीय मुल्याङकन पछिको नाफा पनि त्यति नै धेरै हुने गर्दछ । अपरिस्कृत विवरण अनुसार ४ वटा कम्पनी मध्ये सबैभन्दा धेरै मुनाफा प्राइम लाइफले आर्जन गरेको छ । कम्पनीले ३१ करोड ३० लाख मुनाफा आर्जन गरेको छ । यस्तै सुर्या लाइफले २० करोड ८६ लाख, गुराँस लाइफले ७ करोड ६४ लाख र एशियन लाइफले ५ करोड मुनाफा आर्जन गरेको छ।
बीमा कम्पनीको वास्तविक क्षमता हेर्नको लागि कम्पनीको बीमाकोष कस्तो छ भनेर हेर्नुपर्ने हुन्छ । जीवन बीमा कम्पनीको वास्तविक मुनाफाको लागि विमाङीय मुल्याङकन रिपार्ट आउनुपर्ने हुन्छ । जीवन बीमाकोषमा जति धेरै रकम छ त्यो कम्पनीको विमाङकीय मुल्याङकन पछिको नाफा पनि बढी हुन्छ । बिमाङकीय मुल्याकन गर्दा बीमा कोषमा रहेको रकमको लगानीबाट प्राप्त आम्दाम्दानीको अधिकतम १० प्रतिशत सम्म शेयरहोल्डर फण्डमा जम्मा गर्न पाइन्छ । भने बाँकी रहेको ९० प्रतिशत पोलिशी होल्डरको फण्डको रुपमा पुन बीमा कोषमा नै जाने गर्दछ ।
१९ वटा जीवन बीमा मध्ये राष्ट्रिय बीमा संस्थानमा पुर्ण सरकारी स्वामित्व रहेको छ भने मेट लाईफ विदेशी बीमा कम्पनीको शाखा कार्यलय हो । अन्य १७ वटा जीवन बीमा कम्पनीमा सबैभन्दा पुरानो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हो भने नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललेसँगै लाइसेन्स पाएका हुन् । त्यसपछी २०६४ मा प्राइम लाइफ, एसियन लाइफ, सूर्या लाइफ र गुराँस लाइफले लाइसेन्स पाएका थिए । त्यसपछी बीमा समितिले २०७४ मा ९ वटा र २०७ मा एउटा बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो ।
हेर्नुस कसको प्रगति कस्तो ? (रकम रु हजारमा )