एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company Limited को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धका बारेमा जानकारी गराए ।
साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । सभाले कम्पनीले लगानीका क्षेत्र थप गर्ने प्रस्ताव तथा उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गरेको छ ।