सिटिजन लाइफको साधारणसभा आह्वान, आईपिओ प्रस्ताव पारित हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 06:36:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो साधारणसभा डाकेको छ । कम्पनीले आगामी असोज २९ गते बुधबार, होटेल हिमालय कुपण्डोलमा  साधारण सभा गर्ने भएको हो ।

कम्पनीले साधारणसभामा आइपिओ निष्काशनको प्रस्ताव लाने भएको छ ।  साधारणसभामा कम्पनीले ७५ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने प्रस्ताव लैजान लागेको हो । हाल कम्पनीको चुक्ता पुंजी एक अर्ब ७५ करोड  रहेको छ । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको आइपिओ  जारी गरेर २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुंजी पुर्याउने छ । 

त्यस्तै सभामा एक संचालकको निर्वाचन गर्ने, बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक तोक्ने लगायतका प्रस्तवा पेश हुने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved