एनआइसीमार्फत बीमा गराएको दाबी भूक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 04:06:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited को बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ । बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी निधन भएपछि खातावालकी श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार २५३ भुक्तानी गरिएको छ । 

बैंकले मेडिकल बीमा वापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६ हजार ५१९, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई ६७ हजार ९३३, कलंकी शाखाका ज्ञान बहादुर पराजुलीलाई ५९ हजार ९०४, झापा केचनाकवल शाखाकी पद्मा मिश्रलाई १०,४३९ र झापा झिलझिले शाखाका शंकर थापालाई २८ हजार ७५० रुपैयाँ रकम भुक्तानी गरेको छ ।

बैंकले हाल ३०१ शाखा, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved