पुर्नबीमा कम्पनीको सीइओमा ६ जनाको आवेदन, कसको सम्भावना उच्च ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 12:53:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा ६ जनाको उम्मेदवारी परेको छ। कम्पनीको कार्यकारी पदको लागि निवर्तमान सीइओ सहित ६ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकाश पाएका अशोक पौडेल, युनाइटेड इन्स्योरेन्सको पुर्व प्रमुख कार्यकारी शेखर बराल रहेका छन् । त्यस्तै सीइओको लागि , ज्ञानेश्वर आचार्य, शंकर रायमाझी र शेषनारायण आचार्यको पनि उम्मेदवारी परेको छ ।

निवर्तमान प्रमुख भएकोले चिरायु भण्डारी नै दोहोरीने सम्भावना रहेको बताइन्छ। यता अर्थमन्त्रीका विश्वासपात्र समेत रहेका अशोक पौडेलको पनि उम्मेदवारी परेकोले भण्डारीको लागि पौडेल बाधक बन्न सक्ने बताइन्छ । त्यस्तै बीमा क्षेत्रमा लामो अनुभव बटुलेका झापा स्थायी घर भएका शेखर बराल पनि बलियो दावेदार हुन । यता शंकर रायमाझी र शेषनारायण आचार्यले भने नेपाल बैंकमा सिइओको लागि पनि आवेदन दिएको थिए । आचार्य भने नविल बैंकका पुर्व ब्यवस्थापक हुन ।

सरकारी स्वामीत्व बढी भएको हुनाले कम्पनीको सिइओ नियुक्ति प्रक्रियामा अर्थमन्त्रीको विशेष भुमीका हुने गर्दछ । जसले गर्दा अर्थमन्त्री निकटको ब्यक्ति नै सिइओ हुने सम्भावना बलियो रहेको बताइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved