एक बर्षमा ३ प्रतिशतले बढ्यो बीमाको पहुँच

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 11:02:33 PM मा प्रकाशित

laxmi sunrise bank

बीमाको पहुँचमा सुधार आएको छ। एक बर्षको अवधिमा बीमाको पहुँच करिब ३ प्रतिशतले बढेको बीमा समितिले जनाएको छ। बीमा समितीको तथ्यांकअनुसार २०७६ असोज मसान्तसम्म बीमाको पहुँच २० प्रतिशत जनतामा पुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा बीमाको पहुँच १७ प्रतिशत मात्रै थियो। 

२० प्रतिशत बीमाको पहुँच कुल बीमालेखमा ५ प्रतिशत कटाए पश्चातको भएको बीमा समितिको दाबि छ। त्यसैले बैदेशिक रोजगार बिमा समेत गर्दा २४ प्रतिशत नेपाली नागरिक बीमाको पहुँचमा पुगेका छन्। यो तथ्याङ गत आर्थिक वर्षमा २२ प्रतिशत थियो । 

गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा जिवन बीमा तर्फ बीमाशुल्क संकलन ४१.०१ प्रतिशतले वृद्धि हुँदा निर्जिवन बीमा तर्फ १३.७९ प्रतिशले बढेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा १५ अर्ब २४ करोड ५३ लाख बीमाशुल्क आर्जन गरेको जिवन बीमा कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २१ अर्ब ४९ करोड ७० लाख बीमा शुल्क आर्जन गरेका छन्। 

यस्तै निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ६ अर्ब १३ करोड ५२ लाख बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब  ९८ करोड १५ लाख रुपैयाँ प्रिमीयम संकलन गरेका छन् । 

यस अवधिमा जिवन बीमा तर्फ विमालेखको संख्या बैदेशीक रोजगार समेत गरेर ११.३१ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमालेख १८.४० प्रतिशतले वृद्धि हुँदा वैदेशीक रोजगार बीमालेख भने १२.४९ प्रतिशतले घटेको छ। 

गत आर्थिक वर्षको प्रथम त्रैमासमा जिवन बीमा कम्पनीहरुले ६९ लाख २ सय २८ जिवन बीमालेख विक्रि गरेकोमा चालु आवको सोही अवधिमा ७६ लाख ८० हजार ५ सय ९६ बीमालेख विक्रि गरेका छन । 

यस अवधिमा जिवन बीमा कम्पनीले ६२ लाख ९३ हजार ९ सय ८ वटा जीवन बीमालेख जारी गर्दा १३ लाख ८६ हजार ६ सय ८८ वैदेशीक रोजगार बीमालेख जारी गरेका छन् । त्यस्तै निर्जिवन बीमा कम्पनीले उक्त अवधिमा ६ लाख २३ हजार ५ सय ९६ बीमालेख जारी गरेका छन । गत वर्षको सोही अवधिमा ४ लाख २२ हजार ५ सय ३ वटा बीमालेख जारी गरेका थिए ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved