प्राइम लाइफले ल्यायो अनलाइनबाटै बिमा गर्न सकिने प्रविधी

कागजी फारम भर्ने झन्झट अन्त्य
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 01:26:54 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सको बिमा पोलिसी अनलाइनबाट नै खरिद गर्न सकिने भएको छ । कम्पनीले अनलाइन बाट नै ग्राहक स्वयंले जिवन बीमा योजना खरिद गर्न सक्ने प्रविधि विकास गरि सञ्चालनमा ल्याएको हो ।

जस अनुसार जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जिवन बीमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरु छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सक्ने छन् । कम्पनीका अनुसार हालको लागी अधिकतम विमाङ्क रकम  ५ लाख सम्मको वीमालेख खरिद गर्न सकिनेछ ।

यस प्रविधि अन्तर्गत ग्राहकलाइ कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्विकृत भइ बीमालेख जारी हुनेछ ।  अनलाइन मार्फत प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक पर्ने यस कम्पनीको शाखा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बीमालेख सम्बन्धित बीमितलाई दिने व्यवस्था समेत गरिएको कम्पनी जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved