बैंकको ब्याजबाट रिटर्न दिने बीमा कम्पनी फ्लप हुन्छन : अध्यक्ष चापागाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 09:56:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बैंकमा निक्षेप राखेर त्यसको ब्याजबाट रिटर्न दिने बीमा कम्पनी फ्लप हुने बताएका छन्। मिडिया इन्टरनेशनले आयोजना गरेको बैंकिङ बीमा र पुँजीबजार विशेष प्रदर्शनीमा उनले यस्तो बताएका हुन्।

उनले बीमा कम्पनीहरुले पनि बैंकहरुसँग प्रतिस्पर्धा गर्दै पुर्वाधार निमार्णको क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसको लागि समितिले बाटो खुल्ला गरीसकेको बताए। उनले प्रस्तावित बीमा प्राधिकरण ऐन अगामी वर्ष आउने र त्यसमा अभिकर्ताको नियन्त्रणको ब्यबस्था पनि हुने बताए। उनका अनुसार उक्त ऐनमा ' एक अभिकर्ता एक बीमा कम्पनी' ब्यबस्था छ । उनले कर्पोरेट एजेन्टले करिब ३ प्रतिशत मात्रै बीमा पोलीशि विक्रि गरेकोले अधिकर्ताहरु निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

उनले बैंकहरुले गर्ने गरेको निशुल्क बीमा लगायतको ब्यवस्थाको विषयमा अवको ८÷१० दिनमा नै सर्कुलर जारी गर्ने बताए । उनले बैंकहरुले त्यस्ता योजना कुन बिमा कम्पनीको साझेदारीमा हो त्यसको विवरण खुलाउनु पर्ने ब्यबस्था गरिने र कार्यन्वयन नभए आवाश्यक कदम चालिने दाबी गरे । बीमा कम्पनीको काम सुरक्षा प्रदान गर्ने हो भन्दै उनले नागरीकलाई भ्रममा पार्ने भन्दा पनि बीमाको महत्व बुझाएर बीमा गराउन उनले निर्देशन दिए । उनले बिमा सम्बन्धि कुनै समस्या परे सिधै बीमा समितिमा सम्पर्क गर्न पनि आग्रह गरे ।

उनले बीमा समिति तथ्यांक ब्यवस्थापनमा पनि लागेको र अबको एक वर्ष भित्र समितिले सबै डाटा वेबसाइटमा नै उपलब्ध गराउने दाबी गरे। पत्रकारलाई आवश्यक डाटा पनि तत्काल सम्धव नभए पनि १÷२ दिन भित्रमा उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved