
रिलायन्स लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले रक्तदान कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा ७८ जनाले रक्तदान गरेका थिए ।
कम्पनीले हाल जारी पूँजीको ३० प्रतिशतको हुन आउने ६३ करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।