युनियन लाइफको आइपिओ प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2019 | 05:08:58 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनियन लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट पेश भएको वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदन वित्तीय विवरण स्वीकृत गरेको छ । साधारणसभाले कम्पनीले आर्थिक वर्ष २०७५।०७६ का लागि लेखा परीक्षकको नियूक्ती तथा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्र्तगत भएका खर्चहरु समेत स्वीकृत गरेको छ । 

सभाले आइपिओ निष्काशनका लागि प्रक्रिया अगाडी बढाउने सहमति प्रदान गरेको छ । आइपिओ निष्काशनका लागि यस अघि २०७४ कार्तिक १५ गते को प्रथम वार्षिक साधारण सभाले नै निर्णय गरिसकेको छ । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved