पाण्डेको नेतृत्वमा जीवन बीमा कम्पनीको छुट्टै संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2019 | 06:39:52 PM मा प्रकाशित

nepal oil ltd

जीवन बीमा कम्पनीहरुले छुट्टै संघ दर्ता गरेका छन् । यसअघि जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरु एउटै छाता संगठनमा रहँदै आएको भएपनि जीवन बीमा कम्पनीहरुले बीमक संघमा अवसर नपाएपछि छुट्टै संघ दर्ता गरेका हुन् ।

बिमक संघको केही महिनाअघि सम्पन्न साधारणसभाले चयन गरेको नयाँ नेतृत्वमा जीवन बीमा कम्पनीहरुको तर्फबाट कार्यसमितिमा प्रतिनिधित्व नपाएपछि असन्तुष्ट बनेका उनीहरुले सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको नेतृत्वमा तदर्थ समिति गठन गरेका थियो । पाण्डे नेतृत्वको तदर्थ समितिले जीवन बीमा कम्पनीहरुको छुट्टै छाता संस्थाको रुपमा 'जीवन बिमक संघ नेपाल' नामक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गराएको हो । 

संघको उपाध्यक्षमा मेट लाइफका निर्मल श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफका पोषक पौडेल, कोषाध्यक्षमा रिलायन्स लाइफका प्रविण रमण पराजुली चुनिएका छन् । सदस्यहरुमा राष्ट्रिय बीमा संस्थानका कवि पाठक, रिलायवल लाइफका नारायणबाबु लोहनी, सन नेपाल लाइफका राज कुमार अर्याल, युनियन लाइफका मनोज कुमार लाल कर्ण र ज्योति लाइफका प्रकाश विक्रम खत्री चयन भएका छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved