गाईघाटमा लुम्बिनी जनरलको लघुबीमा प्रशिक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 05:40:56 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited  ले उदयपुरको गाईघाटमा शुक्रबार लघुबीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बीमक संघको आयोजना तथा युके एडको सौजन्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

इन्स्योरेन्सका सहायक महाप्रबन्धक नबराज तिमिल्सेनाले लघुबीमा सम्बन्धमा स्थानिय निकायको भूमिका सम्बन्धमा प्रशिक्षण दिएको कम्पनीले जनाएको छ । त्यस्तै नेपाल बीमक संघका अधिकृत राजेन्द्र  पाठकले लघु बीमाको उद्देश्य, यसका फाइदा तथा शर्तहरु सम्बन्धी प्रशिक्षण दिएका छन । 

उक्त कार्यक्रममा स्थानिय कृषक, कृषि व्यवसायी तथा कृषि अभियन्ताहरु लगायत ८८ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved