कहिले आउँछ नयाँ बीमा कम्पनीको आइपीओ ?

विजय पराजुली

विजय पराजुली

Jan 13, 2020 | 12:14:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ बीमा कम्पनीहरुले कारोबार सुरु गरेको २ वर्ष वितीसक्दा पनि साधारण शेयर (आइपीओ) निष्कासन गर्न सकेका छैनन। कारोबार सुरु गरेको २ बर्ष पुरा भैसकेका ९ तथा कारोबार सुरु गरेको १ बर्ष भएको महालक्ष्मी लाइफ मध्ये कुनैले पनि आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आबेदन समेत दिन सकेका छैनन्। 

त्यस्तै निर्जीवन तर्फका ३ वटा कम्पनीले पनि कारोबार सुरु गरेको २ बर्ष बित्न लागेको छ। तर पनि उनिहरुले समेत आइपीओ निष्काशनका लागि बोर्डमा आबेदन दिन सकेका छैनन्। 

महालक्ष्मी बाहेक रिलायन्स, रिलायबल, आइएमई, ज्योति, सन नेपाल, युनियन, सिटिजन्स, प्रभु, सानिमा लाइफ तथा सानिमा, जनरल, अजोड़  इन्स्योरेन्सले आर्थिक बर्ष २०७४/०७५ को बार्षिक साधारणसभाबाट आइपीओ निष्काशनको प्रस्ताव पारित समेत गरिसकेका छन। तर पनि कुनैले पनि आइपीओ निष्काशन गर्न सकेका छैन। 

आइपीओ निष्काशनमा ढिलाई किन ?

नेपाल धितोपत्रबोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३, को दफा ९ को २ मा 'बैंकिङ वित्तीय वा बीमा सम्बन्धी ब्यवसाय गर्ने संस्थाले धितोपत्र निष्काशन गर्ने भएमा संस्थाको उदेश्य अनुरुप कारोबार संचालन गरेको एक आर्थिक वर्षको लेखापरिक्षण गरिएको विवरण सार्वजनिक गर्नुको साथै साधारण सभा समेत गर्नुपर्ने ब्यवस्था गरेको छ।

संचालमा आएका नयाँ जिवन बीमा कम्पनीले एक आर्थिक वर्षभरी कारोबार गरेको लेखापरिक्षण गरिएको वित्तीय विवरण सार्वजनिक गरि वार्षिक साधारणसभा सम्पन्न गर्न सकेका छैनन्।  

नयाँ बीमा कम्पनीहरुमध्ये आइएमई लाइफ इन्स्योरेन्सले २०७४ भदौ देखि कारोबार सुरु गरेको थियो भने अरुले त्यसपछि मात्रै कारोबार सुरु गरेका थिए । नेपालमा आर्थिक वर्ष साउन १ गतेबाट सुरु हुने भएकाले कुनै कम्पनीले पनि आर्थिक वर्ष २०७४/०७५ मा पुरा समय कारोबार संचालन गरेका थिएन्। 

सबै कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को बिमाङ्किय मुल्याङकन (एक्चुअरी भ्यालुएसन) गरि बीमा समितिबाट वित्तीय विवरण स्वीकृत गराउनुको साथै साधारणसभाबाट पनि स्वीकृत गराईसकेका छन्। तर कुनै पनि कम्पनीले पुरै आर्थिक वर्षभरी कारोबार संचालन नगरेकाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को कारण नयाँ बीमा कम्पनीको आइपीओ निष्काशनमा ढिलाई हुन पुगेको देखिन्छ ।

कहिले आउँछ आइपीओ ? 

जीवन र निर्जीवन गरि १३ मध्ये १२ कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ मा पुरै समय कारोबार संचालन गरेका छन।  उनिहरुले गत आर्थिक वर्षको वार्षिक वित्तीय प्रतिवेदनलाई बीमाङ्कीय मुल्याङकनको लागि आफ्नो कम्पनीको विमाङकीय मुल्याङकन गर्ने एक्चुअरी फर्ममा पठाइसकेका छन्। 

कम्पनीले विदेशमा रहेका आफ्नो एक्चुअरीबाट विमाङ्कीय मुल्याङन गराएपछी उक्त रिपोर्ट नियामक बीमा समितिलाई पठाउनुपर्ने हुन्छ । बीमा समितिले पनि उक्त रिपोर्ट पुन : बिदेशमा रहेको आफ्नो एक्चुअरीलाई पठाउँछ र उक्त एक्चुअरीले अन्तिम स्वीकृति दिएपछि उक्त रिपोर्ट बीमा समिति हुँदै बीमा कम्पनीमा जान्छ। यो प्रक्रिया पुरा गर्न केहि महिना यहि खर्च हुन्छ। 

एक्चुअरी रिपोर्ट अन्तिम भएर आएपछी बल्ल बीमा कम्पनीले आफ्नो अन्तिम वित्तीय प्रतिवेदन समितिमा पठाउँछन् । समितिले उक्त प्रतिवेदन स्वीकृत गरेपछी साधारणसभाको लागि बाटो खुल्ला हुन्छ । बीमा कम्पनीले साधारणसभाबाट उक्त प्रविवेदन स्वीकृत गरेपछी मात्रै नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्काशनको लागि आवेदन दिने बाटो खुल्ला हुने देखिन्छ।

एक आर्थिक वर्षको लेखापरिक्षण गरिएको विवरण साधारणसभाबाट स्वीकृत भएर अन्तिम अवस्थामा आइपुग्न पनि करिब बर्ष दिन लाग्ने प्रकृयागत झन्झट तथा बीमा समिति आफैंसँग एक्चुअरी नहुँदाको कारणले पनि बीमा कम्पनीहरुले समयमा बार्षिक साधारणसभा गर्न नसक्ने अवस्था सृजना भएको बीमा बिज्ञहरु बताउँछन। नेपालमा एक्चुअरी नभएकोले बीमा कम्पनी र बीमा समितिले भारतिय एक्चुअरी फर्मबाट बिमाङकिय मुल्याङकन गराउनुपर्ने बाध्यता छ। 

सबै कम्पनीले बिमाङकिय मुल्याङ्कनको लागि आफ्नो विवरण पठाइसकेकोले चालु आर्थिक वर्षमा महालक्ष्मी लाइफ बाहेक अन्य १२ वटा बीमा कम्पनीको आइपीओ निष्काशन हुने युनियन लाईफका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण बताउँछन्। यस आधारमा नयाँ बीमा कम्पनीको आइपीओ निष्कासनको लागि अझै केहि समय लाग्ने देखिन्छ । महालक्ष्मी लाइफले भने २०७५ माघबाट मात्रै कारोबार सुरु गरेकोले आइपीओ आउन अझै १ वर्ष भन्दा बढी कुर्नुपर्ने देखिन्छ । 

चिरंजीवी चापागाँई बीमा समितिको अध्यक्ष नियुक्त भएसँगै लामो समयदेखि लाइसेन्सको लागि आबेदन दिएका कम्पनी मध्ये १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीले प्रकृया पुरा गरेको भन्दै बीमा समितिले लाइसेन्स प्रदान गर्ने निणर्य गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved