एकै दिन ५५ छोरीको बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 07:52:44 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ को बीमा गरिएको छ ।

विसं २०७५ माघ २ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बीमा सप्ताह शिविरको पहिलो दिन बिहीबार मात्रै ५५ को बीमा गरिएको जनाइएको छ । नगरपालिकास्थित रेड्क्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि बीमा गराउन छोरीलाई काखामा च्यापेर शिविरस्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए ।

शिविरको प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले उद्घाटन गरेका थिए । छोरा र छोरीबीच हुने विभेद्लाई अन्त्य गर्दै छोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले सञ्चालित छोरी बीमा सप्ताह शिविरमा विसं २०७५ साल माघ २ गतेपछि प्रदेशमा जन्मेकी सबै छोरीको सबै कागजात पूरा गरी शिविरमै बीमा गरिने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved