सरकारको स्वास्थ्य बीमामा पुरुषभन्दा महिला बढी आवद्द, झापालीको सहभागिता उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 10:03:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म झन्डै २५ लाखले सहभागिता जनाएका छन् । माघ ५ गते आइतबार बिहानसम्मको तथ्यांक अनुसार २४ लाख ८८ हजार ९२८ जनाले सहभागीता जनाएका छन् । 

स्वास्थ्य बीमा बोर्डका अनुसार सहभागी हुनेहरुमा सबैभन्दा धेरै झापा जिल्लाका रहेका छन् । बोर्डको तथ्याङ्क अनुसार झापा जिल्लाका दुई लाख ८१ हजार ७११ जना स्वास्थ्य बीमाको पहुँचमा आएका छन् । त्यस्तै, चितवनका दुई लाख ३७ हजार २ जना सहभागी भएका छन् । सुनसरी जिल्लाका एक लाख ७६ हजार ६२४, पाल्पाका एक लाख ७६ हजार ७६० जना सहभागी भएका छन् । 

 तथ्याङ्क अनुसार स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको पछिल्लो जिल्ला ओखलढुङ्गा सहित डोल्पा, मुगु लगायतका जिल्लाहरुमा स्वास्थ्य बीमा गर्नेको संख्या कम छ ।२०७२ चैत्र २५ गतेदेखि सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम ४९ जिल्लामा विस्तार भएको छ । 


सहभागी हुनेमा पुरुष भन्दा महिला बढी

बोर्डको तथ्याङ्क अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेहरुमा पुरुषको संख्या भन्दा महिलाको संख्या बढी देखिएको छ । प्रदेश नम्बर १ मा तीन लाख ३३ हजार १५१ जना महिलाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागीता जनाएका छन् । पुरुषको संख्या भने तीन लाख चार हजार १५८ रहेको छ । 

त्यस्तै, प्रदेश नम्बर तीनमा पनि महिलाकै संख्या बढी रहेको छ । दुई लाख ७८ हजार २८० जना महिलाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागीता जनाएका छन् । पुरुषको संख्या दुई लाख ५९ हजार ४७८ रहेको छ । 

प्रदेश नम्बर दुईमा ३३ हजार ८६५, प्रदेश नम्बर पाँचमा दुई लाख २४ हजार ३६१, कर्णाली प्रदेशमा एक लाख ३ हजार ९६७, गण्डकी प्रदेशमा एक लाख ९७ हजार ६५१, सुदुरपश्चिम प्रदेशमा एक लाख ३१ हजार ८१३ महिलाले सहभागीता जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved