बीमा गीत बिमोचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 03:44:52 PM मा प्रकाशित

laxmi  sunrise bank

 बीमा चेतना अभिबृद्धि गर्ने उदेश्यले बीमा गीत बिमोचन भएको छ । बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईले  ‘बीमा गरौ खुसी हुनलाई’ बोलको बीमा जागरण गीत बिमोचन  गरेका हुन् । 

गीत बिमोचन गर्दै अध्यक्ष चापागाईले गीतसंगीतको माध्यमबाट बीमा जागरण ल्याउने उद्देश्यले गीत तयार गरिएको बताए । उनले गीतले नीर्जिवन बीमा र जीवन बीमाको महत्वका बारे प्रस्ट पारेकोले गाउँगाउँमा बीमा चेतना फैलाउन सहयोगि हुने बताए । अध्यक्ष चापागाईले घुम्ती बीमा तथा अन्य बीमासम्बन्धि कार्यक्रमहरुलाई सो गीतले सहज तथा सरलीकृत गर्ने उल्लेख गरे । उनले बीमा चेतना अभिबृद्धिमा सक्रिय भएर लाग्न बीमा कम्पनीका सिइओहरुलाई निर्देशन समेत  दिएका छन्  । 

गीतको रचना  ‘वित्तीय जागरण: राष्ट्रिय अभियान’ का संयोजक माधव निर्दोषले गरेका हुन्  । उनले मनोरञ्जन र राजनीतिक भाषणका कार्यक्रममा मात्रै चासो राख्ने जनतालाई मनोरञ्जनात्मक तरिकाबाटै अर्थतन्त्र एवं मानव जीवनको सुरक्षा गर्ने बीमा जस्तो महत्वपूर्ण विषयका बारेमा जानकारी गराउन गीतको रचना गरिएको बताए ।   गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा सन्तोष श्रेष्ठ र सुधारत्नको स्वर रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved