अर्ब माथि पुग्यो ज्योति लाईफको जिवन बीमा कोष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 05:20:05 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सको जिवन बीमा कोष अर्ब माथि पुगेको छ । नयाँ जिवन बीमा कम्पनीको रुपमा आर्थिक वर्ष २०७४÷०७५ बाट कारोबार सुरु गरेको कम्पनीले संचालनको छोटो अवधिमा नै बीमा कोषको आकार अर्ब माथिको पुर्याएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको जिवन बीमा कोष १ अर्ब २० करोड ८१ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जिवन बीमा कोषमा ३२ करोड ८९ लाख ६६ हजार रहेको थियो । ६ महिनाको अवधिमा कम्पनीले ७२ करोड ५५ लाख बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमाशुल्क १३४.६९ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ९१ लाख १९ हजार खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले लगानी कर्जा तथा अन्यबाट ५ करोड ७३ लाख ४८ हजार र बीमालेख धितो कर्जाबाट १७ लाख १० हजार आम्दानी गरेको छ ।

यस्तै कम्पनीले १८ लाख ३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने अभिकर्ता कमीसन वापत १२ करोड ३७ लाख ४९ हजार खर्च गरेको छ । यस्तै स्वास्थ्य परिक्षणको लागि १५ लाख २२ हजार, सेवा शुल्क ७२ लाख ५४ हजार र ब्यवस्थापन खर्च १३ करोड ४६ लाख ५० हजार खर्च गरेको छ । कम्पनीले ७२ करोड ५५ लाख बीमाशुल्क आर्जन गर्दा ४९ करोड २८ लाख जिवन बीमा कोषमा सारेको छ भने १ करोड १३ लाख ५३ हजार नाफा नोक्सान हिसाबमा सारेको छ ।

१ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा ३३ करोड ४६ लाख ५० हजार र महाविपत्ती कोषमा ३ करोड ७२ लाख राखेको छ । यस अवधिमा कम्पनीको बीमाङकीय मुल्याङन अघिको खुद मुनाफा भने ६ करोड ८९ लाख खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ६ करोड ४५ लाख खुद मुनाफा आर्जन गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved