ग्लोबल आईएमई क्यापिटल Global IME Capital Limited र कुमारी क्यापिटलले अजोड इन्स्योरेन्सको आईपिओको प्रत्याभूति गरेका छन् । आइतबार तीन पक्षबीच शेयर प्रत्याभूति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अजोड, ग्लोबल र कुमारीका प्रमुख कार्यकारी अधिकृतरु क्रमश: कुमार बहादुर खत्री, पारस मणी ढकाल र राजेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार इन्स्योरेन्सले निष्काशन गर्ने आईपिओको प्रत्याभूति ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटलले गर्ने छन् । दुवै क्यापिटलले निष्काशन हुने आईपिओको समान ५०-५० प्रतिशत प्रत्याभूति गर्ने । कम्पनीले निष्काशन गर्ने आईपिओ बिक्रि नभएमा यी दुई क्यापिटलले आधा आधा खरिद गर्ने छन् ।
इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ ।