महालक्ष्मी लाइफको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, ५ बर्षमा 'नम्बर वान' बनाउने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 04:07:49 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सले दोस्रो राष्ट्रिय सम्मेलन संम्पन्न गरेको छ। चितवनको सौराहामा आयोजना गरिएको उक्त सम्मेलन ३ दिनसम्म संचालनमा रहेको इन्स्योरेन्सले जनाएको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेको सम्मेलन माघ १२ देखि माघ १४ गतेसम्म चलेको थियो । सम्मेलनमा कम्पनीको सबै शाखा तथा उपशाखाको ६ महिनाको प्रगति समिक्षा समेत भएको थियो।

प्रत्येक घरमा एउटा जीवन बीमाू नाराका साथ संचालन भएको सम्मेलनको अन्तिम दिन अण्डरराईटिङ, विभिन्न पोलिसीहरु र एजेन्सी सम्बन्धी १ दिने तालिम संचालन भएको थियो । शाखा र उपशाखा प्रमुख, क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र प्रधान कार्यालयका पदाधिकारी समेत गरि सम्मेलनमा ७५ जनाको सहभागिता रहेको थियो। 


२०७५ माघ २७ गतेबाट कारोबार संचालन गरेको नेपालको कान्छो जीवन बीमा महालक्ष्मी लाइफले एक वर्ष भन्दा कम अवधिमा ६० वटा शाखा र उपशाखा संचालन, ६५ जिल्लामा जनचेतना कार्यक्रम सम्पन्न, ६,००० भन्दा बढी अभिकर्ता इजाजत स्विकृति, ९ वटा बीमा प्रोडक्ट घोषणा गरि कुल ५३ करोड भन्दा वढीको व्यवसाय गर्न सफल भएको महालक्ष्मीका सीईओ भट्टराइले जानकारी दिए। 

जीवन बीमाको विभिन्न क्षेत्रमा २ वर्षमा नयाँ कम्पनी मध्ये र ५ वर्ष भित्र सबै जीवन बीमा कम्पनीलाई नेतृत्व गर्ने गरी अग्रणी स्थान बनाउने सीईओ भट्टराइले घोषणा गरेका छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved