डोटी र डडेल्धुरमा फागुनदेखि स्वास्थ्य बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 08:48:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बीमितको सङ्ख्या हालसम्म साढे दुई लाख पुगेको छ । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको थियो ।

डोटी र डडेल्धुरा जिल्लाबाहेक बीमितको सो सङ्ख्या पुगेको जनाइएको छ । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउदले सुदूरपश्चिम प्रदेशमा बीमितको सङ्ख्या दुई लाख ५३ हजार ६२० पुगेको जानकारी दिए । सोमबार धनगढीमा आयोजित स्वास्थ्य बीमा अभिमुखीकरण कार्यक्रममा उनले डोटी र डडेल्धुरामा फागुन पहिलो साताबाट कार्यक्रम कार्यान्वयनमा आउने जानकारी दिए ।

सात जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक लाख ३९ हजार ८२० र सबैभन्दा कम दार्जुलामा छ हजार बीमित रहेका छन् । बझाङ ३० हजार ४५०, अछाम २७ हजार, बाजुरा २६ हजार ६५०, बैतडीम १३ हजार र कञ्चनपुरमा १० हजार ७०० बीमित सङ्ख्या रहेको कार्यक्रममा जानकारी दिइयो । तीन प्रादेशिक अस्पताल, आठ जिल्ला अस्पताल, एक सामुदायिक अस्पताल, चार निजी अस्पताल र १४ प्राथमिक स्वास्थ्य केन्द्र गरी प्रदेशमा जम्मा ३१ स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गरी सेवा दिइँदै आएका छन् । देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको स्वास्थ्य सो कार्यक्रम चालू आर्थिक वर्ष २०७६÷७७ भित्रमा ७७ वटै जिल्लामा कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ ।

त्यसैगरी सन् २०२० सम्ममा बीमितको सङ्ख्या ५० प्रतिशत र सन् २०३० सम्ममा १०० प्रतिशत पु¥याउने लक्ष्य छ । स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरीबको परिचयपत्र प्राप्त परिवार, अतिअशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ । त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप रु एक लाखको सेवासुविधा दिने व्यवस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved