
एनआईसी एशिया बैंक NIC Asia Bank Limited र सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company Limited बीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरि इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने कम्पनीले जनाएको छ । यस्तै इन्स्योरेन्सका ग्राहकले बैंकको क्युआर कोर्ड, कार्ड पीओएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् । बैंकले ३१३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ४८ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।