राष्ट्रिय बीमा कम्पनीले ल्यायो प्राकृतिक जोखिम सामुहिक दुर्घटना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 06:04:07 PM मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनीले प्राकृतिक जोखिम सामुहिक दुर्घटना बीमा नामक बीमा योजना ल्याएको छ । उक्त बीमा योजनाले प्राकृतिक प्रकोपका कारणबाट हुने क्षति विरुद्ध रक्षावरण गर्नेे कम्पनीले जनाएको छ । 

कर्णाली प्रदेश र राष्ट्रिय बीमा कम्पनी बीच कर्णाली प्रदेशका बासिन्दाहरुलाई बीमा गर्ने सम्झौता असोज १ गते भएको थियो । सोही सम्झौता अनुरुप कम्पनीले उक्त बीमा योजना कर्णाली प्रदेश सरकारको मागलाई सम्बोधन गर्दै ल्याएको हो । कर्णाली प्रदेशको मन्त्री परिषदले पौष ९ गते विपद जोखिम दुर्घटना बीमा कार्यविधि, २०७६ पारित गरेको छ  । 

कर्णाली प्रदेशको माग अनुसार ल्याईएको योजना भए पनि अन्य प्रदेशले पनि सम्झौता गर्ने प्रस्ताव ल्याएका छन् । “यो योजना कर्णाली प्रदेशको अनुरोधमा ल्याइएको बीमा योजना हो, अन्य प्रदेश सरकारले पनि यो बीमा योजनाका लागि सम्झौता गर्ने प्रस्ताव राखेका छन्” कम्पनीका मार्केटिङ डिपार्टकी जोइन्ट म्यानेजर हिरा कुमारी बर्तौलाले जानकारी दिईन् । 

१७ लाख ७० हजार कर्णालीबासी नागरिकको प्रति व्यक्ति ९ रुपैयाँ बीमाङ्क तोकिएको छ । कम्पनीले उक्त सम्झौता अनुसार एक करोड ५९ लाख ३० हजार रुपैयाँ प्राप्त गर्ने छ ।  बीमा गरिएको व्यक्तिको प्राकृतिक प्रकोपको कारणले मृत्यु भएमा कम्पनीले प्रति व्यक्ति दुई लाख रुपैयाँ प्रदान गर्ने छ । यस बीमालेख अन्र्तगत कुनै व्यक्तिको प्राकृतिक जोखिमको कारणले मृत्यु भएमा सो व्यक्तिलाई बीमाङ्कको शतप्रतिशत रकम प्रदान गर्ने छ । 

बीमालेखले रक्षावरण गर्ने अवस्था

हिमपात, असिना, हिमपहिरो, भुकम्प, बाढी, डुवान, भासिने, हावाहुरी, सित लहर, तातो हावा लगायतका कारणले बीमा गरेको व्यक्तिको मृत्यु भएमा यस बीमालेखले रक्षावरण गर्ने छ  । प्राकृतिक विपद ऐनले परिभाषित गरेको सबै खालको विपदको रक्षावरण गर्ने छ । 

दावीका लागि के गर्ने

यस बीमा योजनामा सरिक भई प्राकृतिक जोखिमका कारण मृत्यु भएमा कम्पनीका शाखा कार्यालयबाट भुक्तानी रकम प्राप्त गर्न सकिने प्रावधान रहेको छ । स्थानीय निकायले घटना घटेको ठाउँमा विपद भएको हो भनी सिफारिस गरे पछि कम्पनीले भुक्तानी गर्ने छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved