
बाली तथा पशुपन्छी बीमावापत ४९ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । बीमा समितिले उपलब्ध गराएको पौष मसान्तसम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा बाली तथा पशुपन्छी बीमाबाट ४९ करोड ७० लाख ३६ हजार ९३२ रुपैयाँ बीमा शुल्क संकलन भएको हो ।
यस अवधिसम्ममा बाली तथा पशुपन्छी बीमा अन्र्तग ११ अर्ब ५६ करोड ७ लाख ५५ हजार ५७८ बीमाङ्कको ४९ करोड ७० लाख ३६ हजार ९३२ रुपैयाँ बीमा शुल्कमध्ये नेपाल सरकारबाट ३७ करोड २७ लाख ७७ हजार ६९९ रुपैयाँ अनुदान प्राप्त भएको छ ।
५४ हजार बीमालेख जारी
समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिसम्ममा बाली तथा पशुपन्छी बीमामा ५४ हजार ३४७ बीमालेख जारी भएका छन् । पशुपन्छी तथा म ाछा बीमा अन्र्तगत ५३ हजार ४०४ बीमालेख जारी भएका छन् । त्यस्तै, बाली बीमा अन्र्तगत ९४३ बीमालेख जारी भएका छन् ।
पशुपन्छी तथा माछा बीमा
यस अवधिसम्ममा पशुपन्छी तथा माछा बीमाबाट १० अर्ब ३७ करोड ६९ लाख बीमाङ्कको कुल ४६ करोड ५६ लाख १८ हजार २६५ रुपैयाँ बीमा शुल्क संकलन भएको छ । ३४ करोड ९२ लाख १३ हजार ६९९ रुपैयाँ अनुुदान प्राप्त भएको छ ।
पशुपन्छी तथा माछा बीमा अन्र्तगत यस अवधिमा ५३ हजार ४०४ बीमालेख जारी भएका छन् । ५३ हजार ४०४ बीमालेख वापत ४६ करोड ५६ लाख १८ हजार २६५ रुपैयाँ बीमा शुल्क संकलन भएको छ । गाई, भैसी तथा अन्य पशुधन बीमा, बाख्रा, कुखुरा(बोइलर), कुखुरा (लेयर्स, प्यारेन्ट), अष्ट्रिच र माछा बीमामा सबैभन्दा बढी गाई, भैसी तथा अन्य पशुधन बीमालेख जारी भएका छन् । गाई, भैसी तथा अन्य पशुधन बीमालेख अन्र्तगत ४५ हजार ६१७ बीमालेख जारी भएका छन् ।
बाली बीमा
६७ करोड ९८ लाख ४ हजार बीमाङ्कको कुल ३ करोड १४ लाख १८ हजार ६६६ रुपैयाँ बीमा शुल्क मध्ये नेपाल सरकारबाट २ करोड ३५ लाख ६४ हजार रुपैयाँ अनुदान प्राप्त भएको छ । यस अवधिसम्ममा ९४३ वटा बीमालेख जारी भएका छन् । बाली बीमा अन्र्तगत तरकारी, च्याउ, केरा, उखु, स्याउ, सुन्तला, जुनार, कागती, अन्य फलफुल, अलैची, धान, गहुँ, मकै तथा अन्य, चैतेधान, मौरी, चिया , कफि र अन्य बाली बीमालेख कायम भएका छन् ।
१५ करोड ५९ लाख दावी
यस अवधिसम्ममा कम्पनीहरुले कुल तीन हजार ५०६ दावी वापत १५ करोड ५९ लाख ७८ हजार ७६७ रुपैयाँ दावी भुक्तानी गरेका छन् । पशुपन्छी तथा माछा बीमा अन्र्तगत ३ हजार २७७ दावी परेका छन् । ३ हजार २७७ दावी वापत कम्पनीहरुले १४ करोड २३ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेका छन् । सबैभन्दा धेरै दावी गाई, भैसी तथा अन्य पशुधन बीमामा परेको छ । गाई, भैसी तथा अन्य पशुधन बीमामा ३ हजार १९ दावी परेका छन् । त्यस्तै, सबैभन्दा थोरै दावी बाख्रा बीमामा परेको देखिन्छ । बाख्रा बीमामा जम्मा १ वटा दावी परेको छ । १ वटा दावी वापत कम्पनीहरुले ६४ हजार ४२८ रुपैयाँ भुक्तानी गरेका छन् । कुखुरा (बोइलर) १७९, कुखुरा (लेयर्स, प्यारेन्ट) ७२, अष्ट्रिच २ र माछा बीमामा ४ वटा दावी परेका छन् ।
त्यस्तै, बाली बीमा अन्र्तगत यस अवधिसम्ममा २२९ दावी परेका छन् । २२९ दावी वापत बीमा कम्पनीहरुले १ करोड ३५ लाख ९० हजार ४८८ रुपैयाँ भुक्तानी गरेका छन् । बाली बीमा अन्र्तगत तरकारी, च्याउ, केरा, उखु, स्याउ, सुन्तला, जुनार, कागती, अन्य फलफुल, अलैची, धान, गहुँ, मकै तथा अन्य, चैतेधान, मौरी, चिया , कफि र अन्य बाली बीमामा सबैभन्दा धेरै दावी केरा बीमालेखमा परेको छ । यस अवधिसम्मा केरा बीमालेखमा २१२ दावी परेका छन् । २१२ दावी वापत कम्पनीहरुले १ करोड ४८ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
बाली तथा पशुपन्छी बीमाको बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने नेपाल सरकारको नीति रहेको छ । सोही नीति बमोजिम बीमा समितिबाट २०६९ साल माघ १ गतेदेखि बाली तथा पशुपन्छी बीमा निर्देशिका २०६९ जारी भई बाली तथा पशुपन्छी बीमा कार्यक्रम लागू गरिएको हो । हाल बीमा समितिले २० वटै निर्जीवन बीमा कम्पनीहरुलाई कार्य क्षेत्र तोकेको छ । समितिले कार्य क्षेत्र तोकेका कम्पनीहरुमार्फत बाली तथा पशुपन्छी बीमा गर्न सकिन्छ ।