
गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
अब कम्पनीले शत प्रतिशतले हुन् आउने ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।
चुक्ता पुँजी बृद्धिको योजनामा रहेको गुराँसले नवौं साधारण सभाबाट हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो । गुराँसले चुक्तापुँजी २ अर्ब पुर्याउन बिमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्ता पुँजी संशोधन गरि सकेको छ ।